समाचार

बिर्तामोडमा सुविधा सम्पन्न होटल रुस्किन संचालनमा

वैशाख ५, २०८१ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

    बिर्तामोड । झापाको बिर्तामोड–५ मा नयाँ बसपार्क प्रवेशद्वारमा ३ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न होटल रुस्किन संचालनमा आएको छ ।

    पूर्व–पश्चिम राजमार्गबाट नयाँ बसपार्क प्रवेश गर्ने मार्गमा रहेको होटलको नयाँ बर्ष २०८१ को अवसर पारेर आज उद्घाटन गरिएको हो ।बिर्तामोड नगरपालिकाको प्रमुख पवित्रा महत्तरा प्रसाईले होटलको उद्घाटन गर्नुभएको छ ।

    होटलका प्रोपाईटर नरेश श्रेष्ठले होटल ३ करोड रुपैयाँ लगानीमा संचालनमा आएको जानकारी दिनुभयो । रेस्टुरेन्ट बार र थकाली रेस्टुरेन्टको समेत व्यवस्था रहेको होटलमा १५ वटा सुविधासम्पन्न कोठा रहेको श्रेष्ठले बताउनुभयो ।

    उहाँले होटलमा १७ जनालाई रोजगारी समेत दिएको जानकारी दिनुभयो । संचालक श्रेष्ठले होटल स्थापनाको अवसरमा बैशाख ९ गते सम्मका लागि विशेष छुटको व्यवस्था गरिएको बताउनुभयो । प्रोपाईटर श्रेष्ठका आमा भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख महत्तरा, बिर्तामोड–६ का वडा अध्यक्ष सुर्य कन्दङ्वा, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, विर्तामोड उधोग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना व्यक्त गराखेका थिए ।

    • ३३६ पटक पढिएको
    विर्तामोडमा कथा सङ्ग्रह ‘मञ्जरी’ लोकार्पण तथा विशेष कविगोष्ठी सम्पन्न विर्तामोडमा कथा सङ्ग्रह ‘मञ्जरी’ लोकार्पण तथा विशेष कविगोष्ठी सम्पन्न

    विर्तामोड, झापा — ‘झापाली साहित्य समाज’ तथा ‘उर्जाशील साहित्यिक प्रतिष्ठान’ ...

    बिर्तामोडको पञ्चकन्यामा दुर्गा पूजाको रौनक, धर्म–संस्कृतिसँगै ज्येष्ठ नागरिक र समाजसेवीलाई सम्मान बिर्तामोडको पञ्चकन्यामा दुर्गा पूजाको रौनक, धर्म–संस्कृतिसँगै ज्येष्ठ नागरिक र समाजसेवीलाई सम्मान

    पाँचौँ दिनमै २ लाख ३५ हजार रुपैयाँ चन्दा संकलन, भजन–कीर्तन, नृत्य र विविध म ...

    स्वदेशी जुत्ता–चप्पलको प्रवर्द्धनसँगै चाडपर्व लक्षित बिर्तामोडमा बृहत् जुत्ता मेला स्वदेशी जुत्ता–चप्पलको प्रवर्द्धनसँगै चाडपर्व लक्षित बिर्तामोडमा बृहत् जुत्ता मेला

    झापा । भरत भावुक प्रसाई,   स्वदेशी उत्पादनको प्रवर्द्धन, रोज ...

    • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
    • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
    • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
    • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
    • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
    • इमेल : [email protected]
    • सम्पर्क फाेन : ९८१६०७९१०२

    हाम्रो टीम

    • प्रधान सम्पादक युवराज प्रसाईं
    • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
    • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
    • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
    • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
    • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

    Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

    Website by: Hash Tech Logic