समाचार

दर्शकलाई रुवाउँदा रुवाउँदै नाटक “परिवन्ध“ सकियो

पुस १४, २०८१ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

    बिर्तामोड। नाटकका पात्र  र नाट्य सामग्री सबै काल्पनिक  हुन्  भन्ने हामीलाई लाग्छ तर झापा नाटक घरमा मञ्चन भइरहेको  नाटक “परिवन्ध“ ले  भने आम दर्शकलाई  रुवाउँछ।
    नाटक “परिवन्ध“ हेर्न बिर्तामोड  १ देबी पञ्चकन्या  प्लटिङ उत्तरमा रहेको झापा नाटक घरमा आउने दर्शक  नाटक हेरिसकेर बाहिर निस्कँदा गहभरी ऑशु पारेर निस्कने गरेका छन् ।
    गत मंसिर २४ गतेदेखि  झापा नाटकघरमा  मञ्चन भइरहेको नाटक “परिवन्ध“ ले  ६ बर्षका बालबालिकादेखि ९२ बर्षसम्मका बृद्धबृद्धाहरूको  मन जित्न सफल भएको छ । 
    नाटक “परिवन्ध“ मा अभिनय गर्ने कलाकारहरूको जीवन्त अभिनयले  लगातार १५ दिनदेखि  नाटक हेर्न
      आउने दर्शकहरूको मन जितिरहेको छ ।
      अहिलेसम्म २० वटा निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, बिध्यार्थीले नाटक हेरिसकेका छन् भने कतिले नाटक हेर्न बुक गरिसकेको  नाटकका प्रचारप्रसार संयोजक ताराप्रकाश भट्टराईले बताए। 
    त्यस्तै अन्य सर्वसाधारणले पनि नाटकबाट भरपूर मनोरञ्जन लिएको उनले बताए।
      नाटक हेर्न आउने दर्शकहरुको थामिनसक्नु भिड झापा नाटक घरमा देख्न सकिने बताउँदै उनले यसले आफूहरूलाई अझ हौसला बढेको जनाए।
    दर्शकहरुको थामिनसक्नु भिड भएपनि हाललाई बिशेष कारणवस केही समयसम्मका लागि  नाटक “परिवन्ध“ मञ्चन  स्थगित गर्नुपरेको उनले बताए।  उनले  निकट भविष्यमा पुन नाटक मञ्चन गरिने जानकारी दिए  ।
      पुस ९ गतेबाट नाटक “परिवन्ध”  को मञ्चन स्थगित गरिने नाटक मञ्चन व्यवस्थापन समितिका संयोजक राजजकुमार भट्टराईले जानकारी दिए। अहिले बिभिन्न बिध्यालयको परीक्षा तथा अन्य विविध समस्यालाई मध्यनजर गरेर   नाटक प्रदर्शन गर्न नसकिने बताउँदै उनले   निकट भविष्यमा पुन नाटक मञ्चन हुने जानकारी दिए ।  
    नाटकले वर्तमान समाजमा रहेका सामाजिक, आर्थिक, र सांस्कृतिक समस्याहरूको गहिरो चित्रण गरेको बताउँदै  उनले   नाटकमा कलाकारहरूको उत्कृष्ट अभिनयले पनि दर्शकहरूलाई भावुक बनाएको बताए। बजार तथा प्रचार प्रसार ब्यबस्थापक ताराप्रकाश भट्टराईले नाटक आम दर्शक साथै विध्यालका विद्यार्थीकालागी उपयोगी भएको  बताए । नाटकले एउटा  निम्न बर्गीय परिवार सञ्चालनको लागि आईपर्ने अनेक परिबन्धीय समस्या ,श्रीमान परदेशिदा अवला नारीले भोग्नुपरेको पिडा,  लागूऔषध दुर्व्यसनमा फस्दै गएका युवा,  ब्यापारको नाममा लागूऔषध कारोबारलगायतका कथालाई  मौलिकरूपमा नाटक परिबन्धमा उतारिएको बताए ।  क्षितिज नाट्य बिभागका र स्थानीय कलाकारहरूको विशेष मेहनत र प्रस्तुतिले नाटकलाई अझ प्रभावकारी बनाएको उनको भनाई छ। परिवन्ध नाटकले दर्शकलाई मनोरञ्जनसँगै समाज परिवर्तनको सन्देश दिन सफल भएको उनी बताउँछन्।
    क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पितको निर्माण तथा परिकल्पना रहेको उक्त नाटकका लेखक तथा निर्देशक गजेन्द्र पृथकको रहेको छ ।  नाटकमा गजेन्द्र पृथक,भिमा खतिवडा,राजकुमार भट्टराई,सृष्टि आचार्य प्रज्वल भट्टराई,राकेश कमेडी, माधव शिटौला,दिपा ढकाल,शितल खनाल , गंगा प्रसाई लगायत कलाकारको अभिनय रहेको छ । प्रेम सागर निरौलाको संगित रहेको उक्त नाटमा लाइट समायोजन विवेक मिश्रको रहेकोछ ।
    नाटक हेर्न आउने दर्शकहरूले  नाटकले समाजको यथार्थ अवस्थालाई उजागर गरेको बताए ।   उनीहरुले नाटकमा जीवन्त अभिनय गरेकोमा कलाकारहरूलाई धन्यवाद समेत दिएका छन् ।

    • ७३२ पटक पढिएको
    स्वदेशी जुत्ता–चप्पलको प्रवर्द्धनसँगै चाडपर्व लक्षित बिर्तामोडमा बृहत् जुत्ता मेला स्वदेशी जुत्ता–चप्पलको प्रवर्द्धनसँगै चाडपर्व लक्षित बिर्तामोडमा बृहत् जुत्ता मेला

    झापा । भरत भावुक प्रसाई,   स्वदेशी उत्पादनको प्रवर्द्धन, रोज ...

    बिर्तामोडमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरण सुरु, मनोसामाजिक परामर्श सेवामा जोड बिर्तामोडमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरण सुरु, मनोसामाजिक परामर्श सेवामा जोड

    बिर्तामोड, २८ असोज : बिर्तामोड नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक् ...

    अन्तरशाखा फुटसलमा बुधबारे जेसिज विजयी अन्तरशाखा फुटसलमा बुधबारे जेसिज विजयी

    बिर्तामोड । वीरता जेसिज सप्ताह–२०२६ अन्तर्गत आयोजित अन्तरशाखा फुटसल प्रतियो ...

    • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
    • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
    • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
    • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
    • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
    • इमेल : [email protected]
    • सम्पर्क फाेन : ९८१६०७९१०२

    हाम्रो टीम

    • प्रधान सम्पादक युवराज प्रसाईं
    • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
    • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
    • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
    • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
    • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

    Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

    Website by: Hash Tech Logic