बुद्धशान्ति  । पवन ढकाल , झापाको बुद्धशान्तिबाट सञ्चालित बुद्धशान्ति साप्ताहिकले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय ब्याग वितरण गरेको छ।

साप्ताहिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुद्धशान्ति–४ बर्ने स्थित श्री माध्यमिक विद्यालय बर्नेमा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई विद्यालय ब्याग वितरण गरेको हो।

कार्यक्रम बुद्धशान्ति साप्ताहिककी सह सम्पादक भावना  भट्टराईको अध्यक्षता एवं  बिधालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कुमार भुर्तेलको प्रमुख अतिथ्य  तथा  बिशिस्ट अतिथि विद्यालयका प्रधानाध्यापक टंकनाथ घिमिरे सहायक प्र अ भोजराज कार्की , शिक्षक–अभिभावक संघका अध्यक्ष महानन्द गौतम, विद्यालय व्यवस्थापन समिति सदस्य पवन ढकाल, समाजसेवी स्वास्थकर्मी मुना भट्टराई , शैक्षिक ब्यक्तित्व  गङाराम गडतौला, शिक्षक तथा विद्यार्थी पुर्व  बिद्यार्थी  लगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

8d6d80e3-d7b4-4a6b-af6e-ca5cb7cb4c1d

 जनहितमा जारी

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य पवन ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो भने  प्रमुख अतिथि तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कुमार भुर्तेलले बुद्धशान्ति साप्ताहिकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले यसअघि पनि बर्ने युथ क्लबले विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरेको स्मरण गर्दै विद्यालयलाई सहयोग गर्ने सबै दाताप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमका सञ्चालक तथा बुद्धशान्ति साप्ताहिकका सम्पादक पत्रकार रोशन भट्टराईले समाजमा रहेका अति गरिब, अपाङ्ग, अशक्त तथा विपत्तिमा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बताउनुभयो।

त्यसैगरी कार्यक्रमकी अध्यक्ष भावना भट्टराईले विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनहरूमा पनि आवश्यक सहयोग गर्न साप्ताहिक सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।