नेपाल अंग्रेजी भाषा शिक्षक संघ कोशी प्रदेशको हालै सम्पन्न अधिवेशनबाट सुनसरीका रविन्द्र बराललाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ।
साउन ३० गते सम्पन्न अधिवेशनले १९ सदस्य प्रदेश समिति गठन गरेको छ। जसमा झापाबाट महासचिव पदमा केशव उप्रेती सदस्य सचिव पदमा रुद्रबहादुर थापा र सदस्य पदमा प्रकाश पराजुली र मुना बजगाईं निर्वाचित भएका छन्।
झापाबाट निर्वाचित हुने पदाधिकारीहरूलाई शुक्रबार आयोजित एक समारोहका बीच नेल्टा झापा समितिले बधाई तथा शुभकामना आदानप्रदानको आयोजना गरेको छ।
कार्यक्रम नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रममा नेल्टाका निवर्तमान कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई कोशी प्रदेशका सदस्य टिका प्रसाद सुवेदी लगायत नाल्टाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सम्मान कार्यक्रममा झापा जिल्ला अध्यक्ष प्रकाश पराजुली झापा जिल्ला सल्लाहकार संयोजक धर्मेन्द्र भट्टराई लगायतले निर्वाचित प्रदेश पदाधिकारीहरूलाई अभिर तथा खादा लगाई सम्मान प्रकट गर्नुभएको थियो।














