२०८३ सालको भदौमा देखियो अनौठो पात्रो संयोग, लगातार तीन दिनको बार तीनपटक दोहोरियोझापा । २०८३ सालको भदौ महिनामा लगातार तीन दिनसम्म एउटै क्रमको बार दोहोरिने रोचक संयोग देखिएको छ।नेपाली पात्रोअनुसार भदौ १२, १३ र १४ गते क्रमशः  (जनैपूणिमा)शुक्रबार , शनिबार र आइतबार परेको छ।

यही क्रम पुनः भदौ १९, २० र २१ गते शुक्रबार, (श्री कृष्णअस्ठमी) शनिबार र आइतबार दोहोरिएको छ। त्यसपछि भदौ २७, २८ र २९ गते शनिबार, आइतबार र सोमबार  (हरितालिका तीज)परेको छ।

भदौ महिनामा जनै पूर्णिमा तथा रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीज जस्ता महत्वपूर्ण पर्वसमेत परेको छ। पात्रोअनुसार भदौ १२ गते जनै पूर्णिमा तथा रक्षाबन्धन, १९ गते श्रीकृष्ण जन्माष्टमी र २८ गते हरितालिका तीज रहेको छ। 

यसरी एउटै महिनामा निश्चित अन्तरालमा लगातार तीन दिनका बारको क्रम दोहोरिनुलाई सामाजिक सञ्जालमा ‘२०८३ साल भदौको अनौठो संयोग’ भन्दै चर्चा गरिएको छ।तर यो कुनै धार्मिक वा खगोलीय चमत्कार नभई पात्रोको मिति र वारको गणनाबाट बनेको संयोग मात्र हो।