रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २ सय ८० शवको व्यवस्थापन गरिएको छ।

फेला परेका शवको फरेन्सिक परीक्षण तथा डीएनए नमुना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा अन्तिम व्यवस्थापन गरिएको हो।भरतपुर अस्पतालका अनुसार भदौ १० गते रातिदेखि सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याएर संरक्षण गरिएको थियो।

भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डीएनए तथा अन्य जैविक नमुना संकलन र अभिलेखीकरणको काम सुरु गरिएको थियो।


 जनहितमा जारी

पहिचान खुल्न नसकेका शवको समेत वैज्ञानिक विधिबाट पहिचान गर्न सकिने गरी नमुना तथा विवरण अभिलेख राखिएको अस्पतालले जनाएको छ।