बिर्तामोड । रसुवाको भोटेकोशी आसपासमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका नेपालीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बिर्तामोड नगरपालिका–१ स्थित सिरिजङ्गा नचानु विष्णु चौतारा टोल विकास संस्थाले सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

023333

बाढीमा परी ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै आयोजित कार्यक्रममा १०५ वटा दीप प्रज्वलन गरिएको थियो। दीप प्रज्वलनका क्रममा उपस्थित टोलवासीहरू अत्यन्तै भावुक बनेका थिए।

संस्थाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित पीडित परिवार तथा घाइतेहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ। बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले टोलवासीको क्षमताअनुसार रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको हो।

 जनहितमा जारी

IMG_1013संस्थाका अध्यक्ष तिलक नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका–१ का वडा सदस्य योगचन्द्र आङबोहाङको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हिमालय पार्टी प्यालेसका सञ्चालक तथा निवर्तमान डीएसपी देवीप्रसाद संग्रौलाको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रमको सुरुवात दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणबाट गरिएको थियो।

IMG_1024

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका सचिव तथा पत्रकार भरत प्रसाईंले देशको कुनै पनि कुनामा नेपालीलाई दुःख पर्दा अर्को नेपालीको मन दुख्नु नै नेपाली संवेदना भएको बताउनुभयो। उहाँले संस्था सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्ना गतिविधिलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताउनुभयो।

IMG_1033श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा टोलका अग्रज सामाजिक व्यक्तित्व जगन ध्वज वनेमले टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्नुभयो।

उहाँले यसअघि तीज मिलन कार्यक्रमका लागि सङ्कलन गरिएको रकममा केही रकम थप गरी बाढीपीडितका लागि पठाउँदा उपयुक्त हुने सुझाव दिनुभयो। पछिल्लो कार्यसमिति आएपछि संस्थाले निरन्तर सामाजिक गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले सबै दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्नुभयो।

IMG_1023त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक भोजकुमार मास्केले रसुवाका बाढीपीडितहरूलाई सकेजति सहयोग गर्न उपस्थित टोलवासीलाई आह्वान गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि योगचन्द्र आङबोहाङले विभिन्न स्थानमा शोकसभा तथा दीप प्रज्वलनका कार्यक्रम भए पनि सम्भवतः बिर्तामोड नगरपालिकाभित्र वडा मातहतको टोल संस्थाले आयोजना गरेको यस किसिमको कार्यक्रम पहिलो भएको बताउनुभयो।

IMG_1026उहाँले नयाँ कार्यसमिति आएपछि कला, साहित्य, धर्म, संस्कृति तथा विकासका क्षेत्रमा संस्था सक्रिय रूपमा अगाडि बढेको भन्दै वडा कार्यालयको तर्फबाट नयाँ कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले सबैले आफ्नो क्षमताअनुसार सहयोग गरी रसुवाका बाढीपीडितसम्म सहयोग पुर्‍याउन संस्थालाई आग्रह गर्नुभयो।

IMG_0987कार्यक्रममा संस्थाका सल्लाहकार झलक सिंह राजवंशी, कमलबहादुर राउत, जगन ध्वज वानेम, निवर्तमान सदस्य नरेन्द्र राउत, आमन्त्रित अग्रज सामाजिक व्यक्तित्व नगेन्द्र सिलवाल, उपाध्यक्ष नानु कडरिया, सचिव भरत प्रसाईं, कोषाध्यक्ष जयन्ती खनाल, सदस्यहरू मिरा ढकाल, अम्बिका साँवा, गणेश गौतम, अमृत पौडेल, सञ्चारकर्मी गगन भट्टराई, सामाजिक अभियन्ता सन्तोष कुमार राउत, दुर्गा प्रसाद झा, पुष्प खनाल, सकुन लिम्बु, इन्दिरा राई, कुमारी लिम्बु, बिनोद राई, चन्द्रबहादुर गौतम, ठाकुर चेम्जोङ, सरोज राजवंशी, सुवित कुमार मगर, हिमालय आङदाम्बे, अभिषेक लिम्बु लगायतको उपस्थिति रहेको थियो।

IMG_0993

त्यसैगरी पञ्चकन्या कीर्तन समितिका अध्यक्ष डिल्लीराम थपलिया, देवीपञ्चकन्या टोल विकास समितिका सचिव रोहितबहादुर कार्की, सामाजिक व्यक्तित्व कमल सर हिराजवंशी, चन्द्रकला लिम्बु, पूर्णिमा तामाङ नेम्बाङ, अरविना लिम्बु, झरना गुरुङ, नीतो सुब्बा, भावना अधिकारी, सुजता लिम्बु, सावित्रा अधिकारी, खुसी लिम्बु, बिना श्रेष्ठ, प्रनिषा मगर, मिरा देवी ढकाल, भिजन दाहाल, मुक्तिनाथ अधिकारी, मदन पाठक, दीपा पाठक, पवित्र प्रसाईं, रन्जित माबो, दिपा राई, शान्ति लिम्बु, तुलसा पाठक, कडरिया अंशमान कडरिया, अनिता राजवंशी, आशादेवी, रेश्मा राजवंशी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बिर्तामोड नगरपालिका–१ स्थित पञ्चकन्या टोल विकास समिति तथा सिरिजङ्गा नचानु विष्णु चौतारा टोल विकास संस्थाका सम्पूर्ण टोलवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


रसुवाको भोटेकोशी आसपासमा आएको बाढीले ठूलो मानवीय क्षतिसँगै घर, सडक, पुल, व्यापारिक संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याएको छ। यस्तो विपद्को घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने संस्थाको निर्णयलाई उपस्थित सहभागीहरूले सकारात्मक सामाजिक पहलका रूपमा लिएका छन्।

IMG_1020

१०५ दीपको उज्यालोमार्फत दिवंगतप्रति श्रद्धा र पीडितप्रति सहयोगको प्रतिबद्धता व्यक्त गरिएको उक्त कार्यक्रमले विपद्को पीडामा नेपाली–नेपालीबीचको मानवीय सम्बन्ध र सामाजिक संवेदनालाई समेत उजागर गरेको छ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा पत्रकार भरत प्रसाईंले गर्नुभएको थियो।