साहित्य सङ्गीत जगतमा अत्यन्तै जुझारु भद्रपुर निवासी सत्यनारायण तायलको नया तीज गीत " फुर्ती कति धेरै .. ।" बोलको गीत सार्वजनिक भएको छ ।
गीत सङ्गीत तथा सन्चार क्षेत्रमा आफ्नो नाम स्थापित गरीसकेका गायक निरज पोखरेल र साङ्गेतिक रुपमा रेडियो नेपाल देखि चिनिएकी गायिका पबित्रा ओलिको स्वरमा रहेको उक्त गीत तायल ग्रुप नेपालले निर्माण गरेको हो ।
अहिलेको प्राकृतिक रुपले बिसम परिस्थितिमा निर्माण भएको गीत बाट अथवा युटुब बाट उठेको रकम बाडी पिडित लाइ सहयोगार्थ गर्ने दृढता सहित गीत सार्वजनिक भएको हो
लबकुश गौतमको निर्देशन ,कुमार अनुरागीको कोरियोग्राफी ,कलाकारहरु सन्जय शिबाकोटी,माही शर्मा ,मनिसा बुडाथोकी, अभिशेक आचार्य ,महेश बुडाथोकी,खुसी सुवेदी,सृजन मैनाली आदी कलाकारको मुख्य भुमिकामा रहेका छन ।
तीजको मौलिकता र ख्याल ठट्टालाइ समायोजन गरी गीतकार सत्यनारायण तायलले आफ्नो गीतलाइ उत्कृष्ट बनाउने तदारुपता देखाउनु भएको छ भने गीत लाइ सङ्गीत माध्यमबाट अझ सजावट गायक निरज पोखरेल नै सङ्गीत सृजना गरेका छन।
दमक स्थित काब्य रेकड्स मा रेकडिङ भएको उक्त गीत को एरेन्ज अशोक थापाको रहेको छ त्यसैगरी क्यामेरामा हरी चौधरी अनि सम्पादनमा तिलक रिजालको रहेको छ साथै म्युजिक भिडियो सम्योजक प्रदिप कुमार महत्तोले गरेका हुन भने गीत जीएमएस डिजिटल नेपाल (GMS DIJITAL NEPAL ) बाट हेर्न सकिने छ ।














